गोली प्रहारपछि दुई लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौँ । प्रहरीले काठमाडौंको कुलेश्वर क्षेत्रमा गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई राउन्ड गोली चलाएको थियो। गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। ब्युरोका एक अधिकारीका अनुसार लागुऔषध…

Read More

परिभाषा, नीति र दिशाविहीन राजनीति भइरहेको छ: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्था परिभाषा, नीति, दिशा र थितिविहीन बन्दै गएको टिप्पणी गरेका छन्। आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान, कानुन र संसदीय प्रक्रियाअनुसार अघि बढ्नुपर्ने भए पनि अहिलेको सरकारको सुरुआत नै षड्यन्त्र, हिंसा र मानवीय क्षतिसँग जोडिएको आरोप लगाए।…

Read More

कांग्रेसमा युवा सहभागिता बढाउन संरचनात्मक सुधार गरिएको छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवाको सहभागिता बढाउने उद्देश्यले संगठनात्मक संरचनामै सुधार गरिएको बताएका छन्। आइतबार ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था…

Read More

फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान कब्जा गर्‍यो

अमेरिका ।फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ गोलअन्तरले हराउँदै इंग्ल्यान्डले प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको छ। आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो। इंग्ल्यान्डको जितमा बुकायो शाका नायक बने। उनले दुई गोल पहिलो हाफमा र अर्को गोल ८७औँ मिनेटमा पेनाल्टीमार्फत गर्दै…

Read More

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र आसपास र पूर्वतर्फ औसत स्थानकै हाराहारीमा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी…

Read More

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ मा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार दिउँसो करिब साढे २ बजे दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत एकोहोरोपाखामा दुर्घटना भएको हो। कुश्माबाट साइकल चोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर…

Read More

गृहमन्त्रीसँग भेट नपाएपछि सिंहदरबारअघि निहारिका र बिनुको प्रदर्शन

काठमाडौं । निहारिका राजपुत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिँदै आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले गृहमन्त्री सुदन गुरुङलाई आफ्ना समस्या सुनाउन खोज्दा भेट्न नपाएको र प्रवेशमा अवरोध गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाए। प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै निहारिका राजपुतले आफू कठिन अवस्थामा हुँदा…

Read More

राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन, पाँच जनाले आत्मदाहको प्रयास

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीले जेलर रूपक मण्डलको सरुवा र आफूहरूमाथि उठेका गुनासोको निष्पक्ष छानबिनको माग गर्दै तीन दिनदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलन शनिबार थप चर्किएपछि कारागारभित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। आन्दोलनका क्रममा पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन हस्तक्षेप गर्ने…

Read More

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं । नागरिक आन्दोलनका अग्रणी अभियन्ता तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार साँझ ७ः४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको हो। नागरिक आन्दोलनमा सक्रिय चिकित्सक डा. अनुप सुवेदीका अनुसार परिवारका सदस्यहरूको साथमा रहेका बेला पाण्डेको निधन भएको हो। अस्वस्थ भएपछि उनलाई ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा…

Read More

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि नेपालको तराई नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थानकै…

Read More
Back To Top
Modern Footer Design