सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ
ओखलढुङ्गा। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित गुहाटी मदनपुरका २६ वर्षीय जावरूल हक र हाल काठमाडौं बस्दै आएका ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का २४ वर्षीय सरोज कार्की रहेका छन्। उनीहरूलाई साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।…
