महानगरको आफ्नै खाद्य प्रयोगशाला सञ्चालनमा, अनुगमन र परीक्षण अझ प्रभावकारी हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षालाई थप सुदृढ बनाउन अत्याधुनिक खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको औपचारिक उद्घाटन गरेकी हुन्। महानगरका अनुसार नयाँ प्रयोगशालाले खाद्य वस्तुको गुणस्तर परीक्षण, निरीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउनेछ। यसमार्फत उपभोक्ताले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री प्राप्त गर्ने वातावरण सुदृढ हुने अपेक्षा…
