रौतहटमा युवाले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मङ्गलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार सहनी केही दिनदेखि मानसिक तनावमा रहेको…
