आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल नेपालभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि नेपालको तराई नजिक तथा पूर्वी क्षेत्रमा औसत स्थानकै…
