तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई क्षेत्र नजिक पुगेको छ। महाशाखाका अनुसार यसका कारण देशभर आंशिकदेखि सामान्य बदली कायम छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न…
