सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठायो :सांसद खुस्बु ओली
काठमाडौँ । खुस्बु ओली ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै त्यसबारे संसदमै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइका कारण आफूहरू यो विषय उठाउन बाध्य भएको बताइन्। उनका अनुसार यो कुनै राजनीतिक रहर नभई राष्ट्रिय हितका कारण उठाइएको विषय हो।…
