बहुमतले संविधान मिच्ने अधिकार दिँदैनः निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जान खोजेको आरोप लगाउँदै संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकका आवाज र प्रश्नलाई दबाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताए। भागवत पुराणमा वर्णित हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै उनले सत्य बोल्ने र प्रश्न गर्ने…

Read More

सुकुम्बासी पुनर्स्थापनामा सरकार गम्भीर बन्नुपर्छः सुहाङ नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले कानुन कार्यान्वयनका क्रममा नागरिकको आवास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नहुने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले भूमिहीन तथा सुकुम्बासीको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। उनले भूमिहीन र सुकुम्बासीका लागि राहत, अस्थायी व्यवस्थापन तथा…

Read More

सत्तामा पुगेपछि प्रधानमन्त्रीको सोच फेरियो ?: वर्षमान पुन

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनले राज्यको दायित्व र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिसमेत स्मरण गराउँदै वर्तमान सरकारसँग स्पष्ट जवाफ माग गरेका हुन्। पुनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो घटना अत्यन्त दुःखद र राज्यका लागि गम्भीर…

Read More

ओलीको कटाक्ष सरकार उम्लिएको दूधजस्तै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकार अस्थिर र दिशाहीन देखिएको टिप्पणी गरेका छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारले गरेका कामको मूल्यांकन जनताले गरिरहेको बताए। पत्रकारहरूले सरकारको सय दिनको उपलब्धिबारे बारम्बार प्रश्न गर्ने गरेको उल्लेख गर्दै…

Read More

सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा प्रश्न उठायो :सांसद खुस्बु ओली

काठमाडौँ । खुस्बु ओली ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानसँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै त्यसबारे संसदमै आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइका कारण आफूहरू यो विषय उठाउन बाध्य भएको बताइन्। उनका अनुसार यो कुनै राजनीतिक रहर नभई राष्ट्रिय हितका कारण उठाइएको विषय हो।…

Read More

सांसद एशुदा बरालको प्रश्न ‘संसदीय नियम प्रतिपक्षलाई मात्रै लागू हुन्छ कि सबैलाई ?

काठमाडौँ । एशुदा कुमारी बराल ले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा कार्यान्वयन हुनुपर्ने बताएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूलाई विषयवस्तुभन्दा बाहिर नजान सभामुखले पटक–पटक सचेत गराउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरिन्। उनका अनुसार विरोधका आवाज पनि निर्धारित विषयभित्र रहेर उठाइँदा मात्र त्यसको औचित्य र प्रभाव कायम रहन्छ।बरालले…

Read More

पर्यटन विधेयक, २०८२ दफावार अध्ययनका लागि संसदीय समितिमा पठाइयो

काठमाडौँ। राष्ट्रिय सभाबाट पारित भई आएको पर्यटन विधेयक, २०८२ लाई थप छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले विधेयकलाई दफावार अध्ययन र छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए। पर्यटन क्षेत्रको व्यवस्थापन, नियमन तथा विकाससँग सम्बन्धित विभिन्न व्यवस्था समेटिएको विधेयकमाथि विस्तृत छलफल…

Read More

लोकतन्त्रलाई अराजकतामा जानबाट जोगाउन सबै जिम्मेवार हुनुपर्छः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै पक्षले कानुन र नियमको समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले नियमको कार्यान्वयनमा विभेद हुन थाले लोकतन्त्र नै कमजोर बन्दै अराजकतामा पुग्ने चेतावनी दिए। पछिल्लो समय संसद्को गतिविधि पनि क्रमशः अस्वस्थ दिशातर्फ उन्मुख भइरहेको आफूले महसुस…

Read More

कम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको बताएका छन्। मंगलबार राष्ट्रियसभामा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्पपीडितका लागि सुरक्षित आवास निर्माण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको स्पष्ट पारे। उनले पुनर्निर्माणको काम अपेक्षित…

Read More

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच विकास साझेदारीबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र एडीबीबीच करिब छ दशकदेखि कायम विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटमा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी…

Read More
Back To Top
Modern Footer Design