राजनीतिक रहरले होइन, छोराको न्याय खोज्दै संसद् आएकी हुँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक महत्वाकांक्षा वा पदको लालचले नभई छोराको न्याय खोज्दै संसद्मा आएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा व्यक्तिगत पीडा र न्यायको खोजसँग जोडिएको बताइन् । उनले आफ्नो छोराको ज्यान लिने शासकको गोली र बगेको…
