विश्वकप लिग २, नामिबियासँग नेपालको महत्वपूर्ण प्रतिस्पर्धा आज
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेपछि नेपाली टोली दबाबमा छ। नेपाल पहिलो भेटमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटको हार…
