काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी बसपार्कमै होल्ड
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाका बन्द गरिएको छ। जोखिमलाई मध्यनजर गर्दै लामो दूरीका सवारी साधनलाई बसपार्क तथा अन्य निर्धारित स्थानमै होल्ड गरिएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको छ। चितवनको केराबारी र तुइनखोला…
