रास्वपा महाधिवेशन,आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया मंगलबारबाटै सुरु हुने भएको छ। बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भए पनि आजैबाट निर्वाचनका काम अगाडि बढाइने तयारी रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रक्रिया केही ढिलो हुन सक्ने भए पनि उम्मेदवारीलगायतका गतिविधि मंगलबार नै सुरु गरिनेछ। महाधिवेशनबाट सभापति पदमा रवि लामिछाने…

Read More

एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे च्यासलमा बस्दै

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको पार्टीले जनाएको छ। पार्टी सचिवालयका अनुसार बैठक केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषय र संसदीय गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।

Read More

रास्वपा महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेबाट सुरु हुने, यस्तो छ कार्यतालिका

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशनअन्तर्गत आज बन्दसत्र दिउँसो २ बजेबाट सुरु हुने भएको छ। कार्यतालिका अनुसार बिहान प्रतिनिधि दर्ताको काम भइसकेपछि ११: ४५ बजे खाना ब्रेक हुनेछ र त्यसपछि २ बजे बन्दसत्र औपचारिक रूपमा प्रारम्भ हुनेछ। उद्घाटन सभापति रवि लामिछाने ले गर्नेछन्। बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। सुरुमा अनुशासन…

Read More

पाँच प्रदेशमा फैलियो मनसुन, विभिन्न क्षेत्रमा भारी वर्षा

काठमाडौँ । नेपालमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारसम्म कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय भएको छ। मनसुनी वायुको प्रभावका कारण सोमबार पूर्वदेखि गण्डकी प्रदेशसम्मका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको विभागले जनाएको छ। विभागका सूचना…

Read More

ई–पासपोर्ट खरिद अनियमिततामा १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जना तथा दुई कम्पनीलाई प्रतिवादी बनाएको छ। आयोगले यस प्रकरणमा १० अर्ब १३ करोड ४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको जनाएको छ।…

Read More

देवनगरमा ५० हेक्टर ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम तथा निरीक्षण गरेकी छन्। निकुञ्ज भ्रमणका क्रममा मन्त्री चौधरीले जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु सहअस्तित्वका उपायबारे सरोकारवालासँग छलफल गरिन्। उनले सरकारले संरक्षणसँगै द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता…

Read More

मस्कोतर्फका ५९ ड्रोन खसालिएपछि चार विमानस्थल अस्थायी रूपमा बन्द

मस्को । रुसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि मस्कोका चारवटै प्रमुख विमानस्थल केही समयका लागि बन्द गरिएको छ। मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन्। रुस–युक्रेनबीच जारी तनावका बीच युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्दै आएको भए पनि ती ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएको हो…

Read More

पूर्वाधार विकाससँगै सोरुका गाउँहरूमा फेरिँदै बाटोको स्वरूप

काठमाडौँ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा विकास निर्माणका गतिविधि विस्तार हुँदै जाँदा मुगुको सोरु गाउँपालिकाका बस्तीहरू पनि क्रमशः धुलो र हिलोमुक्त बन्दै गएका छन्। विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो। यही समस्यालाई समाधान गर्न गाउँपालिकाले विभिन्न बस्तीका पैदलमार्ग तथा स्थानीय सडकहरूलाई पीसीसी र आरसीसी प्रविधिबाट स्तरोन्नति गर्ने अभियान अघि…

Read More

न्युरोडको पाकोमा अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालनमा

काठमाडौँ । राजधानीको न्युरोडस्थित पाको क्षेत्रमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ। बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्डलगायत विभिन्न डिजिटल उपकरणलाई कम खर्चमा पुनः प्रयोगयोग्य बनाउने उद्देश्यका साथ सेवा केन्द्र सुरु गरिएको हो।पिपुल्स प्लाजानजिक रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त केन्द्रले मोबाइल…

Read More

पूर्वमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति निधन भएको हो। काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ र निष्ठावान नेताका रूपमा परिचित थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले नेपाल विद्यार्थी संघमार्फत…

Read More
Back To Top
Modern Footer Design