भानुभक्त र घाँसीको शालिक तोडफोड गरेको आरोपमा एक पक्राउ
लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित भानु–घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरका शालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ निवासी ३४ वर्षीय रोशन कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत बुधबार मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बगैंचामा रहेको पार्कभित्रका दुवै शालिकमा तोडफोड गरिएको…
