आन्तरिक उडानमा बढ्यो छुट अफरको प्रतिस्पर्धा
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेसँगै विश्वका धेरै एयरलाइन्सले भाडादर वृद्धि गरिरहेका बेला नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु तान्न विभिन्न छुट योजनासहित प्रतिस्पर्धामा उत्रिएका छन्। मलमास र वर्षायामका कारण यात्रुको संख्या घटेपछि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सलगायत कम्पनीहरूले वेबसाइट, मोबाइल एप तथा डिजिटल माध्यममार्फत विशेष छुट योजना सार्वजनिक गरेका हुन्।…
