Nanglevare Nanglevare

सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति ७।५ प्रतिशत लाभांशदर भएको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। असार ३ गते सम्पन्न विशेष साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो। अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री…

Read More

श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, सभामुखद्वारा सांसदहरूलाई सचेत

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। बुधबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले उनलाई रोकेका थिए। त्यसपछि पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन्। स्थिति नियन्त्रणमा लिन सभामुख अर्यालले…

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद रानाको आपत्ति

काठमाडौँ। नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुगेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको इतिहास, वीर पुर्खाहरूको योगदान र राष्ट्रियताको विषय स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे। रानाले अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायत वीर योद्धाहरूले देश रक्षाका लागि गरेको योगदान स्मरण…

Read More

चिया उद्योग संकटमा, सरकार उदासीनः सांसद राई

काठमाडौँ। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र चिया किसानहरू गम्भीर समस्यामा परिरहेका बेला सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएको र त्यसको असर उद्योगी तथा किसानहरूमा प्रत्यक्ष रूपमा परेको बताए। उनका अनुसार भारतीय चिया बोर्डले लागू…

Read More

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था सुधार्न हर्क साम्पाङको आग्रह

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्बन्धित सीमा विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो पार्टीको अडान अझै कायम रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको माग थियो। सांसद साम्पाङले…

Read More

पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, तराईका केही भूभागमा गर्मी बढ्ने

काठमाडौं । देशभरको मौसममा विभिन्न प्रणालीहरूको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा तातो दिनको अवस्था रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। आज दिउँसो…

Read More

हालान्डको तहल्का, विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन

अमेरिका । २८ वर्षको लामो प्रतीक्षापछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले विजयी सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गत बुधबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरे। यस्तै लियो ओस्टिगार्डले एक गोल…

Read More

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा सकुशल उद्धार, पाँच जना पक्राउ

चितवन । चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार सोमबार भरतपुर महानगरपालिका–३ नारायणघाट क्षेत्रबाट किशोरलाई भारतीय नम्बर प्लेटको गाडीमा राखेर अपहरण गरिएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र चितवन प्रहरीबीच समन्वय गरी…

Read More

सरकारको बजेट र नीति कार्यान्वयनमा नवीनता नदेखिएको कांग्रेस प्रमुख सचेतक थापाको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारको बजेट तथा नीति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै यसमा नयाँपन नदेखिएको टिप्पणी गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइ जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता ल्याउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा सामान्य परिमार्जन मात्र गरिएको देखिएको छ। स्वास्थ्य, शिक्षा…

Read More

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टा नबित्दै…

Read More
Back To Top
Modern Footer Design