Nanglevare Nanglevare

११ महिनामा सरकारको राजस्व संकलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै पूरा

काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा झण्डै ११ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेट विवरणअनुसार सरकारले जेठ मसान्तसम्म १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको छ। यो रकम वार्षिक राजस्व लक्ष्यको ७३.०६ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल १४…

Read More

लगातार चौथो दिन सेयर बजार घट्यो

काठमाडौँ । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। कारोबार रकममा पनि कमी देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको छ। यसअघि पनि लगातार तीन दिन बजार घटेको थियो। सोमबार नेप्से १२.२६ अंकले घटेको थियो भने त्यसअघि पनि दुई दिन लगातार गिरावट आएको थियो। मंगलबार…

Read More

ललितपुर डीएभी स्कुल घटनामा विद्यार्थीको मृत्यु, आत्महत्याको आशंका गर्दै अनुसन्धान जारी

काठमाडौँ । ललितपुरस्थित डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरिएको छ। चाबहिल निवासी १८ वर्षीय आर्यन सिंहको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। घटना सोमबार दिउँसो करिब साढे १२ बजे भएको हो। चौथो तलाबाट खसेका सिंहलाई तत्काल उपचारका लागि…

Read More

सांसद महरद्वारा बजेटप्रति असन्तुष्टि,विभेदकारी र जनअपेक्षा विपरीत भएको टिप्पणी

काठमाडौँ । एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा भए पनि त्यो पूरा हुन नसकेको टिप्पणी गरे। उनले अर्थमन्त्रीप्रति सुरुमा उच्च अपेक्षा रहे पनि बजेट…

Read More

रास्वपाको संगठन विस्तार,६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म ६४ जिल्लामा आफ्नो अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ६०९ पालिका र ४ हजार ३६३ वडामा पनि अधिवेशन सम्पन्न भइसकेको छ। तर अझै केही जिल्लामा प्रक्रिया बाँकी छ। कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनीका रुकुम पूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा,…

Read More

मन्त्रीहरूको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषामा आक्रोश

काठमाडौँ। सांसद रेखा यादवले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद र जनप्रतिनिधिप्रति गैरजिम्मेवार व्यवहार भइरहेको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न संवेदनशील विषयमा सरकार जानकारी लुकाउने प्रवृत्ति देखिएको दाबी गरिन्। मानव अधिकारसम्बन्धी प्रतिवेदन जस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको उनको आरोप थियो। सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्।…

Read More

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा विशेष छुट

काठमाडौँ। नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच एक समझदारीपत्र (एमओय)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा बिल रकमको १० प्रतिशतसम्म छुट…

Read More

इरान र न्युजिल्यान्डबीच २–२ गोलको रोमाञ्चक बराबरी

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा इरानले दुईपटक पछाडि परेको अवस्था उल्टाउँदै बराबरी नतिजा निकाल्न सफल भयो। यस नतिजासँगै दुवै टोलीले एक–एक अंक जोड्दै समूहको शीर्ष दुई स्थानमा स्थान बनाएका छन्। यही समूहमा रहेका बेल्जियम र इजिप्टको पनि समान…

Read More

सामाजिक सञ्जालमा भएको दुर्व्यवहारविरुद्ध साइबर ब्युरोमा खुश्वु ओलीको उजुरी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाइएका गालीगलौज, धम्की, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेकी छन्। उनका अनुसार संसदमा उठाइएका जनसरोकारका विषयलाई लिएर पछिल्ला केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको थियो। उनले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत अपमानजनक टिप्पणी, चरित्रहत्या, हिंसाको उक्साहट…

Read More

उरुग्वे र साउदी अरबबीच १–१ को बराबरी

अमेरिका। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडामा रहेको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको हो। पहिलो हाफको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदी अरबलाई अग्रता दिलाएका थिए। अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलभर दबाब बनाएको थियो। खेलको ८०औँ मिनेटमा…

Read More
Back To Top
Modern Footer Design