रसुवा बाढीपछि पुनरुत्थानका प्याकेज अघि बढाउँदै सरकार
काठमाडौं । रसुवामा आएको बाढीबाट विभिन्न क्षेत्रमा परेको प्रभाव सम्बोधन गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग परिचालनसँगै अर्थतन्त्र पुनरुत्थानका विभिन्न प्याकेज अघि बढाएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बाढीबाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारले चालेका कदमबारे जानकारी दिँदै पुनरुत्थानका विभिन्न कार्यक्रम कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँका…
