शिक्षा अधिकृतमाथि मोबिल खन्याएको आरोपमा वडा सदस्य पक्राउ
दाङ । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। उनीमाथि असार २७ गते पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रभावित पार्ने उद्देश्यले मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका ४८ वर्षीय शिक्षा अधिकृत…
