गणेश नेपाली प्रकरणमा सरकारसँग थापाको प्रश्न
काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे सरकारसँग जवाफ माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्। उनले यस्तो दुःखद घटना हुँदा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाइन्। थापाले २०७९ माघ…
