आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीको जोखिम
काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा दक्षिण र पश्चिमी क्षेत्रमा औसत स्थानकै आसपास रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र…
