आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, आकस्मिक सेवा भने सुचारु रहने
काठमाडौँ । नेपाल चिकित्सक संघले आज ९मंगलबार० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको व्यवहारको विरोधस्वरूप संघले यस्तो आन्दोलनको घोषणा गरेको हो। संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि…
