नवप्रवर्तन मन्त्रालयले पायो पुनर्जीवनः मन्त्री पुन

काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइँदै ‘टुहुरो र वेवारिसे’ मन्त्रालयजस्तै व्यवहार गरिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले मन्त्रालयलाई नयाँ मानिए पनि यो २०५३ सालमै स्थापना भएको स्पष्ट पारे। उनका अनुसार मन्त्रालय विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग गाभिँदै…

Read More

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब बजेट, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहलाई

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त रकम कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको राष्ट्रिय बजेटको १०.२८ प्रतिशत रहेको…

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीबारेको प्रतिवेदन सार्वजनिक गर्न सांसद केरुङको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी भनाइबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको गरिमा, राष्ट्रिय हित तथा समसामयिक विषयहरूसँग सम्बन्धित मुद्दामा आफूहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए। प्रधानमन्त्रीले संसदबाट व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिले…

Read More

रास्वपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि पार्टीले विभिन्न १९ वटा आधार र संरचनामार्फत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। रास्वपाले तयार पारेको कार्यविधिअनुसार केन्द्रीय समिति, संसदीय दल, विभिन्न आयोग, विभाग, प्रदेश तथा जिल्ला संरचनाका पदाधिकारी र सदस्यहरू स्वतः वा निर्धारित…

Read More

रास्वपा मधेश विवादमा सभापति लामिछानेको छलफल, संगठनभित्र असन्तुष्टि उजागर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशमा अधिवेशन प्रक्रिया अवरुद्ध भएको विषयमा प्रदेश सांसदहरूसँग छलफल गरेका छन्। बुधबार बिहान भएको छलफलमा सांसदहरूले मधेश प्रदेश सभापति तपेश्वर यादवको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सञ्चालनमा एकल निर्णय र मनलाग्दी गतिविधि भएको गुनासो गरेका थिए। केही सांसदहरूले यादवलाई मधेशमा ‘सानो उपेन्द्र यादव’ जस्तो शैली अपनाउन…

Read More

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध, हस्तक्षेप अस्वीकार्यः मन्त्री तिमिल्सिना

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताविरुद्ध हुने गतिविधिमा सरकारले कडा कदम चाल्ने प्रतिबद्धता जनाए। पत्रकार हकहितसम्बन्धी संस्थाको खारेजीबारे स्पष्टता नभएको बताउँदै उनले न्यूनतम…

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद रानाको आपत्ति

काठमाडौँ। नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुगेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको इतिहास, वीर पुर्खाहरूको योगदान र राष्ट्रियताको विषय स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे। रानाले अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायत वीर योद्धाहरूले देश रक्षाका लागि गरेको योगदान स्मरण…

Read More

चिया उद्योग संकटमा, सरकार उदासीनः सांसद राई

काठमाडौँ। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र चिया किसानहरू गम्भीर समस्यामा परिरहेका बेला सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएको र त्यसको असर उद्योगी तथा किसानहरूमा प्रत्यक्ष रूपमा परेको बताए। उनका अनुसार भारतीय चिया बोर्डले लागू…

Read More

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था सुधार्न हर्क साम्पाङको आग्रह

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्बन्धित सीमा विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो पार्टीको अडान अझै कायम रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको माग थियो। सांसद साम्पाङले…

Read More

सरकारको बजेट र नीति कार्यान्वयनमा नवीनता नदेखिएको कांग्रेस प्रमुख सचेतक थापाको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारको बजेट तथा नीति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै यसमा नयाँपन नदेखिएको टिप्पणी गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइ जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता ल्याउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा सामान्य परिमार्जन मात्र गरिएको देखिएको छ। स्वास्थ्य, शिक्षा…

Read More
Back To Top
Modern Footer Design