संसद्को गरिमा जोगाउन सांसद स्वयं मर्यादित हुनुपर्छ ,मन्त्री सोविता गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र विश्वसनीयता कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र प्रस्तुतिमा विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले यसको मर्यादा जोगाउने दायित्व सांसदहरूको आचरणबाटै पुष्टि हुने उल्लेख गरिन्। पछिल्ला…

Read More

आज बस्दै राष्ट्रिय सभाको बैठक, विनियोजन विधेयक पेश हुने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १२ः१५ बजेका लागि तय गरिएको छ। बैठकको कार्यसूचीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आजको बैठकमा उक्त विधेयक पेश गर्ने बाहेक अन्य कार्यसूची समावेश गरिएको छैन।

Read More

रास्वपा पदाधिकारी निर्वाचनमा न्यून मतदान, वैधानिकतामाथि प्रश्न

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) को पहिलो महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ३० प्रतिशतभन्दा कमले मात्रै मतदान गरेपछि निर्वाचनको वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिको आधिकारिक संख्या सार्वजनिक नगरे पनि करिब ४ हजार ३११ प्रतिनिधि रहेको बताइँदै आएको छ। तर पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा भने जम्मा एक हजार…

Read More

रास्वपाको नेतृत्व असक्षम र महाधिवेशन व्यवस्थापन कमजोरः ऐन महरको आरोप

काठमाडौँ । एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर कडा टिप्पणी गरेका छन्। उनका अनुसार महाधिवेशनको व्यवस्थापन र सहभागिताको ढिलासुस्तीले पार्टीको नेतृत्वको क्षमता र परिपक्वतामाथि प्रश्न उठाएको छ। उनले १४२ सिट जितेको दाबी गर्ने पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहित चर्चित व्यक्तिहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई मात्रै ठूलो उपलब्धि मान्न नसकिने बताए।…

Read More

रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र…

Read More

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः सारियो

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिन पुगेपछि प्रतिनिधिसभाको बैठक फेरि प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण बैठक दोस्रो पटक स्थगित गरिएको हो। आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुई पटक परिवर्तन भइसकेको थियो। आजको बैठकमा पाँच वटा…

Read More

रास्वपा महाधिवेशन वैचारिकभन्दा औपचारिकतामा सीमित हुने जोखिमः विश्लेषक मोक्तान

चितवन। परराष्ट्र मामिलाका जानकार तथा राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले राजनीतिक रूपमा महत्व राखे पनि यसको वैचारिक आधार स्पष्ट नदेखिएको बताएका छन्। बुधबार आयोजित ‘रास्वपाको महाधिवेशन र निर्वाचित पदाधिकारीले मुलुकमा पार्ने दूरगामी प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै उनले महाधिवेशनले अपेक्षित वैचारिक बहस र दिशानिर्देश दिन नसक्ने संकेत देखिएको टिप्पणी गरे।…

Read More

रास्वपा कमजोर भए त्यसको असर देशमै पर्छ: सुलभ खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक वातावरण रहेको दाबी गरे। आफूले भेटेका अधिकांश प्रतिनिधि तथा कार्यकर्ताले समर्थन गर्ने आश्वासन दिएको उल्लेख गर्दै उनले महाधिवेशनको माहोल उत्साहजनक रहेको बताए। खरेलले संसदीय व्यवस्थामा राजनीतिक…

Read More

थापाको अभिव्यक्तिप्रति शाहीको असहमति ‘कांग्रेस कसैको व्यक्तिगत सम्पत्ति होइन’

काठमाडौँ। नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टी सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। मंगलबार झापामा आयोजित कार्यक्रममा थापाले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने बताएका थिए। सो अभिव्यक्तिपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई लोकतान्त्रिक अभ्यास र फरक विचारप्रतिको असहिष्णुताको संकेत भएको बताएका हुन्। शाहीले लामो समयदेखि…

Read More

विष्णु पौडेलको पक्राउ गैरन्यायिक रहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक कदम भन्दै तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाउँदै त्यसलाई न्यायिक प्रक्रिया र विधिसम्मत अभ्यासविपरीत भएको निष्कर्ष निकालेको हो। बैठकले पौडेललाई अविलम्ब रिहा गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको एमाले स्रोतले…

Read More
Back To Top
Modern Footer Design