महाधिवेशन रोक्न कांग्रेस इतर समूह सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको भन्दै इतर समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्न लागेको हो। इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशनका गतिविधि तत्काल रोक्न माग…

Read More

आज बस्दैछ सङ्घीय संसद्का दुवै सदनको बैठक, के–के छन् कार्यसूचीमा ?

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले…

Read More

सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्व कमजोर :सभापति राई

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारबाट विभिन्न निकायमा हुने नियुक्तिमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अवस्था र सुधारका उपायबारे छलफल भएको छ। मंगलबार बसेको बैठकमा संवैधानिकलगायत विभिन्न निकायमा हुने नियुक्तिमा समावेशिताको अवस्था, देखिएका समस्या तथा सुधारका सम्भावित उपायबारे छलफल गरिएको हो। बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्वको…

Read More

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा…

Read More

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। आजको बैठकमा परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट…

Read More

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन १६ देखि ३१ गतेसम्मको अवधिका विजेताको घोषणा गरेको हो। विभागका अनुसार नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल…

Read More

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार विस्तार सरकारको प्राथमिकतामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनसँगै अब आन्तरिक खपत बढाउने, प्रसारण तथा वितरण प्रणालीलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताए। विद्युत…

Read More

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ। सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री…

Read More

युवाको राजनीतिक सोच अध्ययन र विवेकमा आधारित हुनुपर्छ : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई तथ्य, तर्क र अध्ययनका आधारमा आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरेकी छन्। मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसलाई प्राथमिकता दिँदै राजनीतिक विचार बनाउन युवाहरूलाई सुझाव दिएकी हुन्। उनले आफूभन्दा फरक धारणा राख्ने व्यक्तिको विचारलाई समेत सम्मान गर्नुपर्ने बताइन्। लोकतन्त्रको…

Read More

पाटन बारको निर्वाचन प्रक्रियामाथि स्वतन्त्र कानुन व्यवसायी मञ्चको प्रश्न

काठमाडौं । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन, पाटनको निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको आरोप लगाउँदै आपत्ति जनाएको छ। मञ्चले निर्वाचनमा धाँधली, एकपक्षीयता तथा दमन भएको दाबी गर्दै निर्वाचन बहिष्कार गरेको जनाएको हो। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मञ्चले निर्वाचन समिति नेकपा एमालेनिकट पीपीएलएको निर्देशनमा चलेको आरोप लगाएको छ। मञ्चका कार्यवाहक अध्यक्ष…

Read More
Back To Top
Modern Footer Design