‘म हिन्दु हुँ, तर सबै धर्मको सम्मान गर्छु’: देउवा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भए पनि नेपालमा सबै धर्मको संरक्षण र धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन्। कांग्रेस इतर समूहको आयोजनामा काठमाडौंको सुकेधारास्थित एक होटलमा जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु संस्कारअनुसार हुर्किएको र धार्मिक आस्थाका विषयमा स्पष्ट रहेको बताएका हुन्। ‘म हिन्दु हुँ। व्रतबन्ध पनि हिन्दु संस्कारअनुसार…
