वर्षासँगै देशका विभिन्न सडकखण्ड प्रभावित

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका छन्। केही जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ५ बजेसम्मको विवरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।…

Read More

स्कुटरको डिकीबाट रकम चोरी गर्ने पक्राउ

काठमाडौँ । पार्किङ गरेर राखिएका स्कुटरको डिकी खोलेर नगद चोरी गर्दै आएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका ५४ वर्षीय सोबित कार्की रहेका छन्। प्रहरीका अनुसार कार्की काठमाडौँ आएपछि पार्किङमा राखिएका स्कुटरको डिकीमा साँचो लगाएर खोल्ने र भित्र रहेको नगद तथा सामान चोरी गर्ने गर्थे। चोरीका लागि…

Read More

मनसुनी प्रभाव कायमै, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।…

Read More

मेयरसँग भनाभनपछि सञ्चारमन्त्रीको बैठकबाट बाहिरिइन् आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफलबाट बाहिरिएकी छन्। बञ्चरेडाँडामा फोहोर विसर्जनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका प्रयासबारे छलफल गर्न बैठक बोलाइएको थियो। बैठकमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार…

Read More

नेपवेस्ट सम्झौताको टुंगो लगाउन मेयरहरूको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि नेपाल सरकार र नेपवेस्टबीच भएको सम्झौताको तत्काल टुंगो लगाउन स्थानीय तहका प्रमुखहरूले माग गरेका छन्। सम्झौता कार्यान्वयन गर्न नसक्ने अवस्था भए त्यसलाई खारेज गरेर नयाँ विकल्पमा जानुपर्ने उनीहरूको भनाइ छ। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफलमा ललितपुर…

Read More

सामुदायिक वनको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय परिसरबाटै सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै…

Read More

शंखमुलको होस्टेलमा कुटपिटबाट २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होस्टेलमै बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित…

Read More

सुदूरपश्चिम भ्रमणमा मन्त्री रावल, सहकारीदेखि भूमिहीनका समस्या बुझ्ने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी विषयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लामा रहने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले स्थानीय नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष भेटघाट गरी मन्त्रालयसँग जोडिएका समस्या…

Read More

आज देशभर मौसम बदली, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । शुक्रबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस्तै, तराईका केही भू–भागमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…

Read More

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्। बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा–२०८३ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा पार्टीको सांगठनिक व्यवस्थापन र…

Read More
Back To Top
Modern Footer Design