सांसद एशुदा बरालको प्रश्न ‘संसदीय नियम प्रतिपक्षलाई मात्रै लागू हुन्छ कि सबैलाई ?

काठमाडौँ । एशुदा कुमारी बराल ले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा कार्यान्वयन हुनुपर्ने बताएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूलाई विषयवस्तुभन्दा बाहिर नजान सभामुखले पटक–पटक सचेत गराउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरिन्। उनका अनुसार विरोधका आवाज पनि निर्धारित विषयभित्र रहेर उठाइँदा मात्र त्यसको औचित्य र प्रभाव कायम रहन्छ।बरालले…

Read More

पर्यटन विधेयक, २०८२ दफावार अध्ययनका लागि संसदीय समितिमा पठाइयो

काठमाडौँ। राष्ट्रिय सभाबाट पारित भई आएको पर्यटन विधेयक, २०८२ लाई थप छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले विधेयकलाई दफावार अध्ययन र छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए। पर्यटन क्षेत्रको व्यवस्थापन, नियमन तथा विकाससँग सम्बन्धित विभिन्न व्यवस्था समेटिएको विधेयकमाथि विस्तृत छलफल…

Read More

लोकतन्त्रलाई अराजकतामा जानबाट जोगाउन सबै जिम्मेवार हुनुपर्छः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै पक्षले कानुन र नियमको समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले नियमको कार्यान्वयनमा विभेद हुन थाले लोकतन्त्र नै कमजोर बन्दै अराजकतामा पुग्ने चेतावनी दिए। पछिल्लो समय संसद्को गतिविधि पनि क्रमशः अस्वस्थ दिशातर्फ उन्मुख भइरहेको आफूले महसुस…

Read More

कम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको बताएका छन्। मंगलबार राष्ट्रियसभामा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्पपीडितका लागि सुरक्षित आवास निर्माण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको स्पष्ट पारे। उनले पुनर्निर्माणको काम अपेक्षित…

Read More

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच विकास साझेदारीबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र एडीबीबीच करिब छ दशकदेखि कायम विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटमा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी…

Read More

विधान मिचेर निर्णय गर्न नसकिनेः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले अघि सारेका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। जापानस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कांग्रेसको विधानविपरीत जाने कुनै पनि निर्णय आफूले गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित १११…

Read More

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, पश्चिम रुकुममा सबैभन्दा बढी वर्षा

काठमाडौं । देशका पूर्वी क्षेत्रमा सक्रिय वर्षा गराउने मौसम प्रणाली क्रमशः दक्षिणतर्फ सर्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा जारी छ। सक्रिय प्रणाली दक्षिणतर्फ सर्ने…

Read More

दुई तिहाइको आडमा सरकार मनोमानीतर्फ उन्मुख भएको युवराज ज्ञवालीको आरोप

काठमाडौँ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले दुई तिहाइ बहुमतको बलमा सरकार मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसप्रति लोकतान्त्रिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्ने बताएका छन्। बुधबार पूर्वसांसद मञ्च नेपालको ६६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला गतिविधिले संविधान र लोकतान्त्रिक प्रणालीमाथि चुनौती सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरे। ज्ञवालीले सत्तारुढ दलले संघीयता…

Read More

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय…

Read More

संसद जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने थलो होः नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसद लोकतन्त्रको प्रमुख आधार भएकाले जनताका आवाज र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने साझा जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले वि।सं।…

Read More
Back To Top
Modern Footer Design