बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट बरामद गरेको २१ किलो ७५० ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई हस्तान्तरण गरेको छ। सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सुन भन्सार कार्यालयलाई बुझाइएको हो।…

Read More

एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता, कारणबारे पार्टी नै अनभिज्ञ

काठमाडौं। सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ। एमाले कार्यालयको सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी सोमबारदेखि हटेका हुन्। सरकारको निर्णयअनुसार कार्यालयमा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता भइसकेको एमालेले जनाएको छ। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार सुरक्षाकर्मी हटाइएको विषयमा पार्टीलाई स्पष्ट जानकारी दिइएको छैन। सरकारले किन यस्तो निर्णय गर्‍यो भन्नेबारे…

Read More

दशैं मनाउन गाउँ फर्किनेको लर्को, नौ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए

काठमाडौं । बडादशैं नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका नागरिक परिवारसँग चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कमा यात्रुको भीड बढेको हो। नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लातर्फ जाने सार्वजनिक सवारीसाधनमा यात्रुको चाप उल्लेख्य देखिएको छ। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन

चितवन। वर्षायामका कारण बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सञ्चालनमा आएको छ। असार १७ गतेदेखि रोकिएको सफारी सेवा असोज २३ गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ। वर्षाका कारण निकुञ्जभित्रका सडक बिग्रिएपछि सफारी सेवा बन्द गरिएको थियो। बाढीले क्षति पुर्‍याएका सडक मर्मत, ढलेका रूख हटाउने तथा झाडी सफा गर्ने काम सम्पन्न भएपछि सफारी सञ्चालनमा…

Read More

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रको अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। नवरात्रको पहिलो दिन आइतबार घरघरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। आज भने घटस्थापना गरिएको…

Read More

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका केही स्थानमा मौसम बदली हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने…

Read More

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । लामो समयदेखि बजेटको अन्योलमा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले सरकारको बजेट सार्वजनिक गरेका हुन्। बजेट प्रस्तुत भएसँगै प्रदेशमा आर्थिक गतिविधि तथा विकास निर्माणका काम अघि बढ्ने…

Read More

बूढीगण्डकीमा बाढी आएपछि त्रिशूली र नारायणी किनारमा सतर्कता बढाइयो

चितवन । बूढीगण्डकी नदीमा बाढी आएपछि चितवन प्रशासनले त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङसमेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार नदी किनारमा बसोबास गर्ने स्थानीय, शव दाह गर्न जाने व्यक्ति, व्यापार व्यवसाय सञ्चालन गर्ने, माछा मार्ने तथा पौडी खेल्नेहरूलाई विशेष…

Read More

गोरखामा बुढीगण्डकीको बाढीले क्षति, उद्धारका लागि सेना परिचालन

काठमाडौं । गोरखामा बुढीगण्डकी नदीमा आएको भीषण बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ। आइतबार बिहान आएको बाढीबाट चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी किनारका बस्ती प्रभावित भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा स्थल र हवाईमार्गबाट सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाइएको छ।…

Read More

बूढीगण्डकीको बाढी आरूघाट पुग्यो, बजार खाली गराइयो

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढी आरूघाट बजारसम्म पुगेपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिम बढेसँगै आरूघाट बजार खाली गराइएको छ भने प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचित गरिरहेको छ। बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर…

Read More
Back To Top
Modern Footer Design