वर्षासँगै देशका विभिन्न सडकखण्ड प्रभावित
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका छन्। केही जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ५ बजेसम्मको विवरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।…
