रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र…

Read More

आज मन्त्रिपरिषद् बैठक, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

Read More

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः सारियो

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिन पुगेपछि प्रतिनिधिसभाको बैठक फेरि प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण बैठक दोस्रो पटक स्थगित गरिएको हो। आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुई पटक परिवर्तन भइसकेको थियो। आजको बैठकमा पाँच वटा…

Read More

आज पनि पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा शुक्रबार पनि तातो हावाको प्रभाव कायम रहने जनाएको छ। विभागका अनुसार यी प्रदेशका केही स्थानमा लु चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका जिल्लामा पनि अत्यधिक गर्मी हट डे महसुस हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका अधिकांश भूभागमा तापक्रम…

Read More

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ लाई प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसदको प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २० अनुसार प्रमाणित गरिएको हो। विधेयक प्रमाणीकरण भएसँगै विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी…

Read More

प्रारम्भिक बाल विकासमा लगानी बढाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिने लगानीले समाज र राष्ट्रको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कोसी प्रदेशको संरचनाभित्र प्रारम्भिक बाल विकाससम्बन्धी संवैधानिक अधिकार र दायित्वबारे आयोजित परामर्श कार्यक्रममा बोल्दै उनले बालबालिकाको गुणस्तरीय शिक्षा र समुचित हेरचाहले परिवारमा सकारात्मक वातावरण निर्माण हुने उल्लेख गरे। मुख्यमन्त्री कार्कीले बालबालिकाको शारीरिक, मानसिक…

Read More

भूकम्पपीडित भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा धन्यवाद

भेनेजुएला। भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विश्वका विभिन्न मुलुकहरूले राहत, उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसबीच भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको घोषणा गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेकी छन्। भूकम्पका कारण भवन तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला विभिन्न…

Read More

असारसँगै बाजुराका खेतबारीमा बढ्यो चहलपहल, रोपाइँमा व्यस्त किसान

बाजुरा । मनसुन सक्रिय भएसँगै बाजुराका गाउँ–गाउँमा असारे रोपाइँको रौनक छाएको छ। जिल्लाका नौवटै स्थानीय तहमा किसानहरू खेतबारीमा व्यस्त देखिन्छन् भने हिलोमैलोबीच परम्परागत शैलीमा धान रोप्ने काम धमाधम भइरहेको छ। बिहानैदेखि खेतमा पुग्ने किसानहरू साँझ अबेरसम्म रोपाइँमै जुटिरहेका छन्। पुरुषहरू हलो जोत्ने, गोरु डोर्‍याउने र खेत तयारी गर्ने काममा खटिएका छन् भने महिलाहरू धानका बेर्ना…

Read More

कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीहरूको प्रदर्शन, पुनरावलोकन प्रक्रियामा समेत असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन्। नतिजाले आफ्नो वास्तविक मेहनत र शैक्षिक उपलब्धिलाई प्रतिबिम्बित नगरेको दाबी गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले प्रकाशित नतिजामा त्रुटि भएको आशंका व्यक्त गर्दै निष्पक्ष पुनरावलोकनको माग गरेका छन्। विद्यार्थीहरूले पुनःजाँच (रिचेकिङ) र पुनर्योग (रिटोटलिङ)का लागि…

Read More

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटना, डुबान र रहस्यमय अवस्थामा शव फेला परेको घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन्। कैलालीको टिकापुर नगरपालिका–४ मा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ मुडाका ४० वर्षीय रुपलाल बादी…

Read More
Back To Top
Modern Footer Design