चट्याङ लागेर सङ्खुवासभामा महिलाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार वर्षासँगै परेको चट्याङ लाग्दा स्थानीय ३९ वर्षीया कुमारी राई गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरीका अनुसार घरमा रहेको विद्युत् मिटर बक्स बन्द गर्ने क्रममा…

Read More

दक्षिण अफ्रिकामाथि कठिन जित निकाल्दै क्यानडा पहिलोपटक अन्तिम–१६ मा

लस एन्जलस। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक अन्तिम–१६ ९प्रिक्वार्टरफाइनल० मा स्थान बनाएको छ। लस एन्जलस रंगशालामा आइतबार बिहान भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोल गर्न असफल रहे। खेल अतिरिक्त समयमा…

Read More

चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको जनाएको छ। हाल मनसुनी वायु कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा सक्रिय रहेको छ। अन्य स्थानमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका…

Read More

तनहुँमा कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए। शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। गम्भीर घाइते दुवै बालबालिकालाई उपचारका लागि चितवन…

Read More

मालवाहक जहाजमा ड्रोन आक्रमणपछि अमेरिकी जवाफी कारबाही, युद्धविराम उल्लंघन गरेको आरोप

अमेरिका। अमेरिका र इरानबीच हालै भएको युद्धविराम सहमति तनावमा परेको छ। हर्मुज जलडमरूमध्य नजिक एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि लक्षित हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गएराति अमेरिकी लडाकु विमानले हर्मुज आसपास रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय राडार प्रणालीलाई निशाना बनाएका थिए।…

Read More

केही क्षेत्रमा मनसुन विस्तारको सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी चारदेखि पाँच दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी…

Read More

वालिङमा जीप दुर्घटना, एक जनाको मृत्यु र १७ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ मिर्दी–चापाकोट सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। शुक्रबार बिहान ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा।ए। ७९०५ नम्बरको जीप सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका वालिङ–७ का २५ वर्षीय राजेन्द्र विरकट्टाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेमध्ये केहीको…

Read More

रोटरी जर्नो अवार्डबाट उत्कृष्ट पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्य: बासुदेव गोल्यान

काठमाडौँ । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को मुख्य उद्देश्य मेहनतपूर्वक काम गर्ने उत्कृष्ट पत्रकारलाई प्रोत्साहन र सम्मान गर्नु रहेको बताएका छन्। कार्यक्रममा उनले रोटरीले लामो समयदेखि पत्रकारहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै यो कुनै व्यक्तिगत निर्णय नभई संस्थागत सहमतिमा प्रदान गरिने अवार्ड भएको स्पष्ट पारे। उनका अनुसार रोटरी समाजसेवामा समर्पित…

Read More

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ अघि बढाउने पहल

ललितपुर । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ। रोजगार सेवा केन्द्र र जीविको इजिसिएटिभ्सको सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित कार्यक्रम गरिएको हो। मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताको सहभागिता रहेको थियो। कार्यक्रमले…

Read More

रास्वपाको नेतृत्व असक्षम र महाधिवेशन व्यवस्थापन कमजोरः ऐन महरको आरोप

काठमाडौँ । एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर कडा टिप्पणी गरेका छन्। उनका अनुसार महाधिवेशनको व्यवस्थापन र सहभागिताको ढिलासुस्तीले पार्टीको नेतृत्वको क्षमता र परिपक्वतामाथि प्रश्न उठाएको छ। उनले १४२ सिट जितेको दाबी गर्ने पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहित चर्चित व्यक्तिहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई मात्रै ठूलो उपलब्धि मान्न नसकिने बताए।…

Read More
Back To Top
Modern Footer Design