रवि र बालेनद्वारा घण्टी बजाएर रास्वपा महाधिवेशनको उद्घाटन, तीन दिनसम्म चल्ने

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र नेता बालेन शाहले घण्टी बजाएर कार्यक्रमको सुरुवात गरेका हुन्। उद्घाटन सत्रको सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। रास्वपाको यो महाधिवेशन तीन दिनसम्म चल्नेछ।

Read More

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण, डुबानपछि पानी हटाउन निर्देशन

चितवन। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन हुने स्थलको आज निरीक्षण गरेका छन्। आइतबार चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको तयारीबारे उनले स्थलगत अवलोकन गरेका हुन्। गए राति परेको भारी वर्षाका कारण कार्यक्रम स्थलमा डुबान भएको थियो। त्यसपछि गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी तथा आयोजक टोलीसँग छलफल गर्दै क्षेत्रबाट…

Read More

रास्वपाको महाधिवेशनले नयाँ राजनीतिक दिशा तय गर्ने विश्वास: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको बताएका छन्। उनले पार्टी निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भन्दै नेतृत्व तथा कार्यकर्ताको प्रयासको सराहना…

Read More

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। उद्घाटन समारोह भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजना गरिनेछ। कार्यक्रमका लागि जर्मन प्रविधिमा आधारित आधुनिक डोम निर्माण गरिएको छ, जहाँ हजारौं प्रतिनिधि तथा अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई लक्षित…

Read More

विकास निर्माणलाई गति दिन सार्वजनिक खरिद अध्यादेश ल्याइएको हो: मन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विकास निर्माणका कामलाई सहज र तीव्र बनाउन सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन अध्यादेश ल्याइएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर विश्वकर्माले सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले उक्त स्पष्टिकरण दिएकी हुन्।…

Read More

संसद्‌मा आज पनि विपक्षी दलको अवरोध

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्। बैठक सुरु भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेलगत्तै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। लगातारको अवरोधपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका छन्। विपक्षी दलले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पछिल्ला दिनदेखि संसद् बैठकमा विरोध गर्दै आएका छन्।

Read More

गृह मन्त्रालयमा प्रविधिमैत्री सुधार योजना, सुरक्षा र सेवा प्रवाहमा नयाँ प्रणालीको घोषणा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत प्रणालीबाट प्रविधिमा आधारित, नागरिकमैत्री र परिणाममुखी बनाउन सरकारले नयाँ योजना अघि सारेको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुरक्षा, साइबर अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार ‘वन आईडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणामार्फत राष्ट्रिय…

Read More

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट करिब ११ प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका छन्। उनले आर्थिक कूटनीति, सार्वजनिक कूटनीति तथा प्रविधिमैत्री सेवा प्रवाहलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताए। बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालय र मातहतका निकायका लागि…

Read More

रास्वपाको विधानमा ‘वरिष्ठ नेता’ पद समेटिने, केन्द्रीय समिति पनि विस्तार हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘वरिष्ठ नेता’ पदलाई पार्टीको विधानमै समावेश गर्ने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त पदलाई औपचारिक रूपमा विधानमा राख्ने निर्णय गरेको हो। उक्त पद स्थानीय तह निर्वाचनअघि बालेन शाहलाई पार्टीमा भित्र्याउने प्रयासका क्रममा सिर्जना गरिएको थियो। त्यसबेला सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको व्यवस्था…

Read More

कानुन निर्माणका एजेन्डाबारे मन्त्री गौतम र मन्त्री यादवबीच परामर्श

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवबीच आवश्यक कानुन निर्माण, नीति सुधार तथा आगामी कार्ययोजनाका विषयमा छलफल भएको छ। बिहीबार भएको भेटमा दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुनी आवश्यकता, प्राथमिकता र कार्यान्वयनका चुनौतीबारे विचार आदानप्रदान गरेका थिए। छलफलका क्रममा मन्त्री गौतमले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी…

Read More
Back To Top
Modern Footer Design