कम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको बताएका छन्। मंगलबार राष्ट्रियसभामा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्पपीडितका लागि सुरक्षित आवास निर्माण सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको स्पष्ट पारे। उनले पुनर्निर्माणको काम अपेक्षित…
