जापानको चार गोलको शानदार जित, ट्युनिसियाको विश्वकप यात्रा समाप्त
मेक्सिको। फिफा विश्वकप २०२६ को १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा पूर्ण…
