उजुरीकै आधारमा दोषी ठहराउन मिल्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गरी चरित्रहत्या गर्न नमिल्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृहसचिव र प्रहरी प्रमुखप्रति भएको व्यवहार तथा प्रस्तुतिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण…

Read More

कारागार सुधार कुनै दलको एजेन्डा होइन, साझा जिम्मेवारी हो : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापन र सुधारको विषय कुनै राजनीतिक दलविशेषको नभई सबैको साझा जिम्मेवारी भएको बताएकी छन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले कारागार व्यवस्थापनलाई समयअनुकूल बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताइन्। उनले समितिमा उठेका प्रश्न, उपसमितिको प्रतिवेदन तथा कैदीबन्दीलाई उत्पादनमूलक काममा…

Read More

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा आङ्देम्बेको चीन भ्रमण, गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको हो। आङ्देम्बे शुक्रबार चीन भ्रमणमा जाने तयारीमा छन्। ग्वाङ्झाउमा…

Read More

दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई

नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताउनुभएको छ ।नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताउनुभएको हो । डा. भट्टराईले दक्षिण एशियाका…

Read More

संसद्का पाँच समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका पाँच वटा विषयगत समितिको बैठक आज बस्दैछ। ती बैठकमा विभिन्न विधेयक, विकास योजना, कृषि तथा सामाजिक विषयसँग सम्बन्धित एजेन्डामाथि छलफल हुने कार्यसूची रहेको छ। बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूले तयार पारेका प्रतिवेदनमाथि छलफल गरिनेछ। त्यस्तै, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा…

Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा जारी बैठक दिउँसो १२ः३० बजे पुनः सुरु हुने जनाइएको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा साउन २४ गतेदेखि चलिरहेको बैठकमा पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक विषय तथा आर्थिक अवस्थाबारे छलफल भइरहेको छ। बुधबारको बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालीसेले नेपालको…

Read More

निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन समिति बनाउन सांसद सुनारको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबी गर्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। बुधबार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमा राखेर निष्पक्ष छानबिन हुन नसक्ने बताए। उनले आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट…

Read More

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेल छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले नेपालमा आयात वा स्वदेशमै उत्पादन हुने विद्युतबाट सञ्चालन गरिने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका…

Read More

कर्णालीका जनता चामलको प्रतीक्षामा : केपी खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो मार कर्णाली र सुदूरपश्चिमका जनताले खेप्नुपरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश संरचना कार्यान्वयनमा आएको नौ वर्ष पनि पूरा नहुँदै सात प्रदेशमा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री बनिसकेको बताए।…

Read More

मातृभाषामा पत्रकारिता लोकतन्त्र बलियो बनाउने प्रभावकारी माध्यम : मन्त्री गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रलाई थप सुदृढ बनाउन र नागरिकलाई राज्यका गतिविधिबारे सहज रूपमा जानकारी गराउन मातृभाषामा हुने पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता, संस्कृति तथा पहिचान संरक्षणमा आदिवासी समुदायले पुर्‍याएको…

Read More
Back To Top
Modern Footer Design