विधान मिचेर निर्णय गर्न नसकिनेः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले अघि सारेका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने तथा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। जापानस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कांग्रेसको विधानविपरीत जाने कुनै पनि निर्णय आफूले गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित १११…

Read More

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, पश्चिम रुकुममा सबैभन्दा बढी वर्षा

काठमाडौं । देशका पूर्वी क्षेत्रमा सक्रिय वर्षा गराउने मौसम प्रणाली क्रमशः दक्षिणतर्फ सर्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा जारी छ। सक्रिय प्रणाली दक्षिणतर्फ सर्ने…

Read More

दुई तिहाइको आडमा सरकार मनोमानीतर्फ उन्मुख भएको युवराज ज्ञवालीको आरोप

काठमाडौँ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले दुई तिहाइ बहुमतको बलमा सरकार मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसप्रति लोकतान्त्रिक शक्तिहरूले समयमै खबरदारी गर्नुपर्ने बताएका छन्। बुधबार पूर्वसांसद मञ्च नेपालको ६६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला गतिविधिले संविधान र लोकतान्त्रिक प्रणालीमाथि चुनौती सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरे। ज्ञवालीले सत्तारुढ दलले संघीयता…

Read More

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय…

Read More

संसद जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने थलो होः नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसद लोकतन्त्रको प्रमुख आधार भएकाले जनताका आवाज र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने साझा जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले वि।सं।…

Read More

संसद्को गरिमा जोगाउन सांसद स्वयं मर्यादित हुनुपर्छ ,मन्त्री सोविता गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र विश्वसनीयता कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र प्रस्तुतिमा विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले यसको मर्यादा जोगाउने दायित्व सांसदहरूको आचरणबाटै पुष्टि हुने उल्लेख गरिन्। पछिल्ला…

Read More

आज बस्दै राष्ट्रिय सभाको बैठक, विनियोजन विधेयक पेश हुने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १२ः१५ बजेका लागि तय गरिएको छ। बैठकको कार्यसूचीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आजको बैठकमा उक्त विधेयक पेश गर्ने बाहेक अन्य कार्यसूची समावेश गरिएको छैन।

Read More

रास्वपा पदाधिकारी निर्वाचनमा न्यून मतदान, वैधानिकतामाथि प्रश्न

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) को पहिलो महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ३० प्रतिशतभन्दा कमले मात्रै मतदान गरेपछि निर्वाचनको वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिको आधिकारिक संख्या सार्वजनिक नगरे पनि करिब ४ हजार ३११ प्रतिनिधि रहेको बताइँदै आएको छ। तर पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा भने जम्मा एक हजार…

Read More

रास्वपाको नेतृत्व असक्षम र महाधिवेशन व्यवस्थापन कमजोरः ऐन महरको आरोप

काठमाडौँ । एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर कडा टिप्पणी गरेका छन्। उनका अनुसार महाधिवेशनको व्यवस्थापन र सहभागिताको ढिलासुस्तीले पार्टीको नेतृत्वको क्षमता र परिपक्वतामाथि प्रश्न उठाएको छ। उनले १४२ सिट जितेको दाबी गर्ने पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहित चर्चित व्यक्तिहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई मात्रै ठूलो उपलब्धि मान्न नसकिने बताए।…

Read More

रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र…

Read More
Back To Top
Modern Footer Design